१९ बैशाख २०८१, बुधबार

उपनिर्वाचनमा विजयी तीन जना सांसदहरुको शपथग्रहण आज


उपेन्द्र यादव, रवि लामिछाने र डा. स्वर्णिम वाग्ले

काठमाडौं । २०८० साल वैशाख १० गते भएको उपनिर्वाचनमा विजयी भएका तीन जना सांसदहको शपथग्रहण आज हुँदै छ । उपनिर्वाचनमा विजयी भएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ आज हुन लागेको हो ।

उपनिर्वाचनमा बारा क्षेत्र निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित रास्वपाकै सांसद डा. स्वर्णिम वाग्लेले शपथ लिन लागेका हुन् ।

उनीहरूको शपथग्रहण आज बिहान साढे ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा हुने सभामुखको सचिवालयले जानकारी दिएको छ । नवनिर्वाचित सांसदलाई सभामुख देवराज घिमिरेले शपथ गराउने भएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !