२२ बैशाख २०८१, शनिबार

बारा-२ मा झिनो मतले उपेन्द्र अघि, पछ्याउँदै शिवचन्द्र


उपेन्द्र यादव

कलैया । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । बारा-२ को मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहले कडा टक्कर दिएका छन् ।

बारा-२ मा सुरुवाती अग्रता लिएका उपेन्द्रले झिनो अग्रता कायमै लिएका हुन् । यादव १८७२ मतसहित अग्र स्थानमा रहेका छन् । यस्तै जनमतका कुशवाह १६६१ मतसहित दोस्रो स्थानमा छन् भने तेस्रोमा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ७२९ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेल २६९ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली १५४ मतसहित पाँचौं स्थानमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !