२२ बैशाख २०८१, शनिबार

बारा-२ मा उपेन्द्रको पुन: अग्रता, पछि परे शिवचन्द्र


उपेन्द्र यादव

कलैया । बारा क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । बारा-२ को मतगणनामा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पुन: अग्रता लिएका छन् भने यसअघि अघि रहेका जनमत पार्टीका शिवचन्द्र कुशवाह पछि परेका छन् ।

बारा-२ मा सुरुवाती अग्रता लिएका उपेन्द्रले १३९० मतसहित पुन: अग्रता लिएका हुन् । यस्तै जनमतका कुशवाह १३०१ मतसहित दोस्रो स्थानमा छन् भने तेस्रोमा नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ६२९ मत पाएका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेल २५९ मतसहित चौथौ र आम जनता पार्टीका अरुण ज्ञवाली १२५ मतसहित पाँचौं स्थानमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !