२० बैशाख २०८१, बिहिबार

चितवन-२ मा रवि लामिछानेलाई लगभग हजार मतको अग्रता


रवि लामिछाने

चितवन । चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी रहेको छ । चितवन-२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिएपछि अहिले उनी पछि परेका छन् । अहिले चितवन-२ मा लामिछाने लगभग हजार मतको अग्रता लिएका हुन् ।

लामिछानेले २३३२ मतसहित अग्रस्थानमा रहेका छन् । यस्तै एमालेका न्यौपाने १४२७ मतसहित दोस्रो स्थानमा छन् भने तेस्रोमा कांग्रेसका जितनारायण श्रेष्ठले १०३१ मत ल्याएका छन् । चितवन-२ मा ७८ हजार २७७ मत खसेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !