१९ बैशाख २०८१, बुधबार

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै


लुम्बिनी प्रदेश मुख्यमन्त्री लिला गिरि

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री गिरीले आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन् ।

नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका अन्य दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले आज पुनः विश्वासको मत लिन लागेका हुन् ।

उनी ५८ प्रदशसभा सदस्यको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ मत आवश्यक पर्छ ।

तर मुख्यमन्त्री गिरीको सरकारलाई एमालेका २९ र राप्रपाका ४ जना सांसद गरी ३३ जनाको मात्रै समर्थन गरेकोले लुम्बिनी प्रदेशमा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै देखिन्छ ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था भएअनुसार मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !