१९ बैशाख २०८१, बुधबार

उपनिर्वाचन : मतदानको निर्धारित समय सकियो, लाइनमा बसेकाले भोट दिन पाउने


उपनिर्वाचन

काठमाडौं । उपनिर्वाचनअन्तर्गत आज आइतबार तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा भएको मतदानको निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्मको सयम निर्धारण गरेको थियो ।

मतदानको समय सकिए पनि केही मतदान केन्द्रहरूमा मतदाताहरू लाइनमा नै बसेका छन् । आयोगले ५ बजेअघि नै मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताहरूले मतदान गर्न पाउने बताएको छ ।

आज चितवन निर्वाचन क्षेत्र नम्बर २, तनहुँ क्षेत्र नम्बर १ र बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएको हो । निर्वाचन सकिएसँगै सकेसम्म आजै रातीदेखि नै मतगणना सुरु हुने आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !