९ जेष्ठ २०८१, बुधबार

ओली निवास बालकोटमा शीर्ष तीन नेताबीच छलफल हुँदै


प्रधानमन्त्री ओली, प्रचण्ड र देउवा बालुवाटारमा फाइल फोटो

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरस्थित बालकोटमा तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच छलफल हुँदै छ ।

आज बिहान ९ बजे ओली निवास बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल हुने लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले शीर्ष तीन नेताबीच विधेयक अघि बढाउने समझदारीका लागि छलफल हुन लागेको बताएका छन् । उनका अनुसार विगत केहि दिनदेखि संबैधानिक परिषद् सम्वन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको बताएका छन् ।

यो बीचमा ३ दिनयता एमालेका अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या भइ छलफल अवरुद्ध हुन पुगेकोले आज बिहान ९ बजे प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री देउवासमेत ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसुची रहेको उनले जानकारी दिए ।

राजनीतिक दलका शीर्ष नेताहरुबीचको सहमतिअनुसार आइतवार बिहान बालकोटमा बैठक बोलाइएतापनि प्रचण्डले अन्तिम समयमा आफू व्यस्त रहेको भन्दै बालकोट जान अस्वीकार गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !