४ जेष्ठ २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


प्रतिनिधिसभा बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सम्वन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने पहिलो कार्यसूची रहेको छ ।

यस्तै आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सुरक्षण मुद्रण सम्बन्धि विधेयक निर्णयार्थ प्रस्तुत गरिने सम्भावित दोस्रो कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिने सम्भावित तेस्रो कार्यसूची रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !