२३ बैशाख २०८१, आइतबार

वर्षमान पुनकी आमा तीर्थमालीलाई प्रहरीद्वारा नै गाेली प्रहार


गोली चल्यो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमा तीर्थमाली पुनलाई गोली लागेको छ । पुनकी ७० वर्षीय आमा तीर्थमाली गोली लागेर घाइते भएकी हुन् ।

तीर्थमालीलाई प्रहरीले नै गाेली प्रहार गरेको रहस्य खुलेको छ । गएराति गैरीधारास्थित निवासमा प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले हिजो शुक्रबार राति साढे ९ बजे गोली प्रहार गरेका हुन् ।

पुनको घरमा बसेको भीआईपी सुरक्षाामा खटिएका प्रहरीका पीएसओले गोली चलाउँदा उनकी आमा घाइते भएकी हुन् । खुट्टामा गोली लागेर घाइते तीर्थमालीको ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ ।

गोली चलाउने प्रहरीलाई राति १ बजे नियन्त्रणमा लिइएको छ । उनलाई प्रहरी प्रधान कार्यालयमा लगेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रकाश कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् ।

प्रकाश नातामा तीर्थमालीको नजिक नाती पर्छन् । गोली किन चल्यो भन्ने अझसम्म खुलिसकेको छैन भने प्रहरीले यस घटनाको अनुसन्धान जारी राखेको छ । नेता वर्षमान भने उपचारका लागि चीनमा रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !