१४ बैशाख २०८१, शुक्रबार

मन्त्रीको नाम पठाउन काँग्रेसको शेखर समूहको बैठक


शेखर-गगन समूह

काठमाडौं । नेपाली काँग्रेसको संस्थापनइतर डा. शेखर कोइराला समूहको बैठक जारी रहेको छ । सरकारमा सहभागी मन्त्रीहरुको नामावली टुंगो लगाउन कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक जारी रहेको हो ।

काँग्रेसको सो समूहले तीनजना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ । सो समूहबाट धनराज गुरुङ, डिगबहादुर लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्ये कुनै तीन जनाको प्रवल सम्भावना रहेको छ ।

त्यस्तै कांग्रेस सभापति देउवाले पनि निवासमा आफू निकटका नेताहरुसँग अहिले छलफल गरिरहेका छन् । संस्थापन समूहबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बनाउने तयारी छ । त्यस्तै सुरेन्द्र आचार्यको पनि सम्भावना रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसका तर्फबाट सहभागी हुने मन्त्रीहरुको नाम पाए आजै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । काँग्रेसमा संस्थापन देउवा र संस्थापनइतर कोइराला समूहमा विवाद उत्पन्न हुँदा बाँकी मन्त्रीहरुको नाम दिन नसकेकोले मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !