२३ बैशाख २०८१, आइतबार

देउवाको संकेत : कांग्रेसले फेरि सरकारको नेतृत्व गर्नसक्छ


शेरबहादुर देउवा

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले फेरि सरकारको नेतृत्व गर्न सक्ने संकेत गरेका छन् ।

नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै सभापति देउवाले फेरि आफ्नो पार्टीले सरकारको नेतृत्व लिने सक्ने सम्भावना रहेको संकेत गरेका हुन् ।

उनले अहिले कांग्रेस सरकारमा सहभागी भएको उल्लेख गर्दै काँग्रेसले धेरै वर्ष सरकारको नेतृत्व गरिसकेकोले फेरि सरकारको नेतृत्व लिन सक्ने संकेत गरेका हुन् । उनले संविधानअनुसार अहिले सरकार बनाउन कुनै दलको बहुमत नआएको बताए ।

उनले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचेअनुसार काम गर्न असक्ने अवस्था भएको पनि बताए । देउवाले आफ्नो पार्टीले सोचेअनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

“पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ, कांग्रेसलाई मजबुद बनाउनुपर्छ”, सभापति देउवाले भने । उनले कांग्रेसलाई बहुमत ल्याउने गरी सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।

उनले शिक्षक संघको पनि योगदान भएमा आफ्नो पार्टीले बहुमत नै ल्याउन सक्ने सम्भावना रहेको दावी समेत गरे । अहिले संयुक्त सरकार भएको भएकाले कतिपय काम गर्न समस्या भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !