२२ बैशाख २०८१, शनिबार

राष्ट्रपति पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त


किरण पोखरेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त समेत रहेका पोखरेललाई राष्ट्रपति पौडेलले आज आइतबार प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

पोखरेल नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष समेत हुन् । राष्ट्रपति पौडेलले यसअघि प्रेस संयोजकका रुपमा खिला कार्कीलाई नियुक्त गरिसकेका छन् ।

राष्ट्रपति पौडेलले यसअघि राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापा, आर्थिक सल्लाहकारमा राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी पौडेल, प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे र कानूनी सल्लाहकारमा बाबुराम कुँवर, निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !