४ जेष्ठ २०८१, शुक्रबार

नेकपा भंगपछि एमालेतिर लागेका लेखराजको घरमा पुगे प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड र लेखराज भट्ट

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का सचिव लेखराज भट्टको घरमा पुगेका छन् ।

पूर्वमाओवादी नेता समेत रहेका भट्ट नेकपा भंग भएपछि एमालेतिर लागेका थिए । सुदूरपश्चिम विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड भट्टलाई भेट्न उनकै घरमा पुगेका हुन् ।

धनगढी विमानस्थलमा ओर्लिएका प्रचण्ड सीधै कैलालीको गोदाबरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेका हुन् । माओवादीबाट एमाले प्रवेश गरेका भट्टलाई पहिलोपटक प्रचण्डले घरमै पुगेर भेटेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतका अनुसार पूर्वमन्त्री भट्टको निम्तोमा कैलाली गेटास्थित भट्टको निवासमा पुगी चियापानमा सहभागी भएको बताएको छ ।

 प्रधानमन्त्री प्रचण्ड र लेखराज भट्ट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !