४ जेष्ठ २०८१, शुक्रबार

पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका बागी विष्ट निर्वाचित


सुशील विष्ट

काठमाडौं । पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट निर्वाचित भएका छन् । नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

हिजो शनिबार राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट निर्वाचित भएका हुन् । उनले ८४१ मत ल्याए भने अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याएका छन् ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए । पछि युवराज लामालाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन स्थगित भएको थियो । क्याम्पसको स्ववियु सचिवमा अविनाश भण्डारी, कोषाध्यक्षमा तिलक कुमाल निर्वाचित भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !