२० बैशाख २०८१, बिहिबार

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक प्रतिनिधिसभामा टेबुल


प्रतिनिधिसभा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभामा पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाएका दुई विधेयकलाई टेबुल गरिएको छ ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबलु गरेका हुन् ।

बैठकले प्रतिनिधि सभा अन्तर्गतको कार्य व्यवस्था परामर्श समितिमा रहने सदस्यहरुको नामावलीलाई मनोनयन समेत गरेको छ । सभामुख देवराज घिमिरद्वारा प्रस्तुत गरिएको उक्त नामावली मनोनयन सम्बन्धी प्रस्तावलाई बैठकको सर्वसम्मतीले सहमति जनाएका थियो ।

कार्य व्यवस्था परामर्श समितिमा रहने मनोनीत सदस्यहरुमा क्रमशः अजय कुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जिवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदिप यादव, महेशकुमार बर्तौला, मेटमणी चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा खतिवडा, रुपा सोशी चौधरी, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे, ज्ञानबहादुर शाही रहेका छन् ।

कार्य व्यवस्था परामर्श समितिमा २१ जना रहने व्यवस्था भए पनि साना तथा स्वतन्त्र हैसियत प्राप्त राजनीतिक दलका तर्फबाट १ जना सदस्यको नामावली आउन बाँकी रहेको छ ।

बैठकमा प्रतिनिधिसभाको आजको बैठकमा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘लोक सेवा आयोगको त्रिसट्ठीऔं वार्षिक प्रतिवेदन(२०७८ साउन–२०७९ असार)’ पेश गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !