२२ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनले सभामुखविरुद्ध महाभियोग लगाउन सक्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग लगाउन पनि सक्ने आशंका व्यक्त गरेका छन् ।

आज बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान गठबन्धन र सरकारले जे पनि गर्न सक्ने भन्दै कुनै लाज शरम नभएको बताए ।

उनले बहुमत नै गठबन्धनमा रहेकाले कुनै लाज शरम नमानी जेसुकै पनि गर्न सक्ने बताए । उनले विगतमा प्रधानन्यायाशीहरुमाथि पनि यही गठबन्धनले महाभियोग लगाएको बताए ।

ओलीले प्रतिनिधिसभामा २५ प्रतिशत सांसदले सभामुखले पद अनुसार आचरण नगरेको भनी भनी प्रस्ताव पेश गर्न सकिने व्यवस्था प्रतिनिधिसभा नियमावली भएअनुसार गठबन्धनले सभामुखविरुद्ध यही प्रस्ताव ल्याउन सक्ने आशंका गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !