२२ बैशाख २०८१, शनिबार

गठबन्धनले आज सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै


गठबन्धनका ४ दलको बैठक

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै छ । १० दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले आज साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने र भोलि शुक्रबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने सरकारको तयारी छ । मन्त्रिपरिषदले पूर्णता पाएपछि सरकार विकासका काममा केन्द्रित हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

गत मंगलबार बसेको गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो । कार्यदलले तयार पारेअनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर गठबन्धन सरकारले न्युनतम साझा कार्यक्रम तयार पारेको छ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।

तत्कालीन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको विषयलाई परिमार्जन गरी कांग्रेसका चुनावी एजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारिएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !