२२ बैशाख २०८१, शनिबार

माओवादी घटकहरुले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने


माओवादी धारका नेताहरू

काठमाडौँ । माओवादी घटकहरुले अन्तर्क्रिया गर्ने भएका छन् । माओवादी घटकहरुले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषयमा आगामी चैत २७ गते काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन् ।

माओवादी घटकहरुले द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर अन्तर्क्रिया गर्ने भएका हुन् । शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउनु माओवादीको मात्रै नभएर राज्यको दायित्व भएको उनीहरुले बताएका छन् ।

माओवादी घटकमा नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी एक ठाउँमा उभिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !