११ जेष्ठ २०८१, शुक्रबार

उपराष्ट्रपति यादवद्वारा राष्ट्रपति पाैडेलको स्वास्थ्य अवस्थाबारे जानकारी


रामचन्द्र पौडेल र रामससहाय प्रसाद यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुगी उपराष्ट्रपति यादवले उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

उपराष्ट्रपति यादवले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिबार अस्पतालमा भर्ना भएका हुन् ।

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का हिजो आइतबार विहान अस्पताल पुगेका थिए ।

साथै यसअघि सांसद् सुरेन्द्र आचार्य, पूर्वसभामुख तारानाथ रानाभाटले पनि भेट गरी राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले नेपालपत्रलाई जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !