८ बैशाख २०८१, शनिबार

रवि लामिछानेविरुद्ध राहदानी मुद्दा चलाउन युवराज सफल पुन: सर्वोच्चमा


रवि लामिछाने र सर्वोच्च अदालत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध राहदानी दूरुपयोगको कसुरमा कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

सिन्धुलीका युवराज पौडैल ‘सफल’ लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च पुगेका हुन् । सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि अध्ययन गरिरहेको बताएको छ ।

अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै पौडेल सर्वोच्चमा पुगेका हुन् । लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने उनको माग रहेको छ ।

रिटमा लामिछानेविरुद्ध राहदानीका विषयमा मुद्दा नचल्ने भनी गत चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले गरेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !