१३ बैशाख २०८१, बिहिबार

जनमत पार्टी संघीय सरकारबाट बाहिरियो, प्रदेश सरकार पनि छाड्ने तयारी


अब्दुल खान राजीनामा

काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टी संघीय सरकारबाट बाहिरिएको छ । मन्त्रिपरिषद् विस्तारमा तीव्र असन्तुष्टि प्रकट गर्दै जनमत पार्टी संघीय सरकारबाट बाहिरिएको हो । यस्तै जनमत पार्टीले प्रदेश सरकार पनि छाड्ने तयारी गरेको छ ।

जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले पदबाट राजीनामा दिएका हुन् । खानले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् ।

मन्त्रिमण्डल पुनर्गठनमा जनमत पार्टीले उद्योग मन्त्रालयमा दावी राखेपनि खानेपानी मन्त्रालय नै कायम भएपछि मन्त्री खानले राजीनामा दिएको जनमत पार्टीले जनाएको छ ।

नेपाली काँग्रेसका सांसद रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएपछि खानले खानेपानी मन्त्री पदबाट राजीनामा दिएका हुन् । जनमत पार्टीका समानुपातिक सांसद रहेका खानले पार्टीको निर्देशनअनुसार राजीनामा दिएका हुन् ।

सत्ता गठबन्धनका दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बारा निर्वाचन क्षेत्र नम्वर २ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीलाई समर्थन गर्ने संकेत पाएपछि जनमत पार्टी बिच्किएको हो । बारा-२ मा नै माओवादी केन्द्र परित्याग गरेर डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहा उम्मेदवार दिने भएका छन् ।

अब्दुल खान राजीनामा

यो पनि पढ्नुहोस्

खानेपानी मन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !