१३ बैशाख २०८१, बिहिबार

खानेपानी मन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा


अब्दुल खान

काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका खानले पदबाट राजीनामा दिएका हुन् ।

खानले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । मन्त्रिमण्डल पुनर्गठनमा जनमत पार्टीले उद्योग मन्त्रालयमा दावी राखेपनि खानेपानी मन्त्रालय नै कायम भएपछि मन्त्री खानले राजीनामा दिएको जनमत पार्टीले जनाएको छ ।

नेपाली काँग्रेसका सांसद रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएपछि खानले खानेपानी मन्त्री पदबाट राजीनामा दिएका हुन् । मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि प्रकट गर्दै खानले राजीनामा दिएका हुन् ।

जनमत पार्टीका समानुपातिक सांसद रहेका खानले पार्टीको निर्देशनअनुसार राजीनामा दिएका हुन् । खानले राजीनामा दिएसँगै जनमत संघीय सरकारबाट बाहिरिको हो । यस्तै जनमतले प्रदेश सरकार पनि छाड्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !