२४ बैशाख २०८१, सोमबार

मन्त्रिपरिषद् आजै विस्तार गरेर शपथग्रहण गर्ने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् आजै विस्तार गरेर शपथग्रहण गर्ने लक्ष्य रहेको बताएका छन् ।

चितवनमा भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने आफ्नो लक्ष्य रहेको बताएका हुन् ।

प्रचण्डले सबै काम सकिएकाले सकेसम्म आजै बेलुका मन्त्रिपरिषद विस्तार गर्ने लक्ष्य रहेको नभए भोलि बिहान मन्त्रिपरिषद विस्तार गर्ने बताए । एक दुई वटा मन्त्रालयमा केही मिलाउन बाँकी भएपनि धेरैभन्दा धेरै विषय मिलिसकेको प्रधानमन्त्री प्रचण्डको दाबी थियो ।

प्रचण्ड सत्ता गठबन्धनको बैठकमा सहभागी भएर हेलिकोप्टरमार्फत चितवन गएका थिए । उनी दिउँसो १ बजे काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री चितवनबाट फर्किएपछि आजै दिउँसो २ बजे पुनः बैठक बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !