२६ बैशाख २०८१, बुधबार

मन्त्री उपस्थित नहुँदा राष्ट्रियसभाको बैठक २७ मिनेट ढिला, अध्यक्षद्वारा सरकारलाई रुलिङ


गणेश प्रसाद तिम्सिना

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा मन्त्री उपस्थित नभएपछि राष्ट्रियसभाको बैठक २७ मिनेट ढिला सुरु भएको छ । आजको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सरकारका नाममा रुलिङ गरेका छन् ।

बैठकको शुरुमै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले बैठक सुचारु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गरेका थिए ।

राष्ट्रिय सभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेट बोलाइए तापनि बैठकमा सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक २७ मिनेट ढिला गरी शुचारु हुन पुगेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !