१४ बैशाख २०८१, शुक्रबार

नवनियुक्त आईजीपी वसन्त कुँवरले भेटे प्रधानमन्त्री प्रचण्डलाई


प्रधानमन्त्री प्रचण्ड र वसन्त कुँवर

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

सरकारले आज दिउँसो मात्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको बैठकले कुँवरलाई नेपाल प्रहरीको नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारको यो निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बनेका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धीमध्ये वरियतामा कुँवर एक नम्बरमा थिए ।

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह आज चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाने भएपछि रिक्त हुने आइजिपी पदमा कुँवरले आईजीपीको फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गरेका हुन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !