२१ बैशाख २०८१, शुक्रबार

लोसपाको निर्णय : सम्मानजनक रूपमा सरकारमा सहभागी हुने


लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सम्मानजनक रूपमा सहभागी हुने भएको छ ।

लोसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अहिले सत्ता गठबन्धनमा भएका दलहरूसँगै सम्मानजनक रूपमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । उनले निर्वाचन अघिको गठबन्धन ब्युँतिएकाले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने र गठबन्धनलाई पाँचै वर्ष टिकाएर लैजान पार्टीले भुमिका खेल्ने बताए ।

नेता भण्डारीले गठबन्धनको घटक भएकाले आफ्नो पार्टी जिम्मेवार भएर अघि बढ्ने भन्दै यो गठबन्धनलाई ५ वर्ष टिकाएर जनताको अपेक्षाअनुसारको डेलिभरी दिने र सुशासन, समृद्धि र कानूनी राज्य स्थापना गर्न पार्टी लाग्ने र सरकारलाई पनि झक्झकाउने निर्णय गरेको बताए ।

लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सहभागिताका विषयमा आवश्यक छलफल गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको छ । बैठकले वैशाख १० हुने उपनिर्वाचनमा भाग लिनका लागि आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !