२१ बैशाख २०८१, शुक्रबार

जसपाको विधान अधिवेशन समितिको बैठक आज बस्दै


जसपा फाइल फोटो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ । जसपाको विधान अधिवेशन समितिको बैठक आज दिउँसो १२ः३० बजे पार्टी कार्यालयमा बस्ने भएको हो ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारी संयोजकत्वको व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो । विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठन लगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको हो ।

जसपाले चैत्र १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले चैत्र २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेअनुसार सोको तयारीका लागि आजको बैठक बोलाएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !