१४ बैशाख २०८१, शुक्रबार

उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा पदबहाली


रामसहाय यादव फाइल फोटो

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले लैनचौरस्थित कार्यालयमा पदबहाली गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका हुन् । उपराष्ट्रपतिले पदबहाली गरेर औपचारिकरुपमा जिम्मेवारी सम्हालेको उपराष्ट्रपति कार्यालयका सूचना अधिकारी (उपसचिव) प्रविण पौडेलले जानकारी दिए ।

उनका अनुसार पदबहालीपछि उपराष्ट्रपतिलाई कार्यालयकोतर्फबाट सचिव टेकनारायण पाण्डेले ‘ब्रिफिङ’ गरेका थिए । उपराष्ट्रपति यादवले पदबहालीपछि कार्यालय परिसरमा वृक्षरोपणसमेत गरेका थिए । यादव यही चैत ३ मा मुलुकको तेस्रो उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !