१४ बैशाख २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सुरु भएको छ । नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको भएको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा शेरबहादुर देउवा, डा. रामशरण महत, रमेश लेखक, सुनिल थापा, जिपछिरिड लामा, गाेपालमान श्रेष्ठ, गगन थापा, विश्वप्रकाश शर्मा, बालकृष्ण खाँड लगायतको उपस्थिति रहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बैठक आह्वान गरिएको जानकारी दिए ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको बैठक पनि आजै बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक पनि आज दिउँसो १ बजे बस्दैछ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको बैठक यो विषयमा पनि छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु