१४ बैशाख २०८१, शुक्रबार

उपराष्ट्रपति निर्वाचन : सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा मतदान


उपराष्ट्रपतिका लागि मतदान

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर उनीहरुले मतदान गरेका हुन् ।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ । बिहान ११ बजेसम्म दुई सय २० मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादव उम्मेदवार हुन् । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !