५ जेष्ठ २०८१, शनिबार

राष्ट्रपति पौडेलको स्वकीय सचिवालयमा प्रेस हेर्ने गरी खिला कार्की नियुक्त


खिला कार्की

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवालयमा पत्रकार खिला कार्की नियुक्त भएका छन् । राष्ट्रपति पौडेलको मिडिया हेर्ने गरी कार्की स्वकीय सचिवालयमा नियुक्त भएका हुन् ।

कार्कीलाई राष्ट्रपति पौडेलका प्रमुख स्वकीय सचिव डा. सुरेश चालिसेले आज बिहीबार नै स्वकीय उपसचिवको नियुक्तिपत्र दिएका हुन् । कार्की ओखलढुंगा निवासी हुन् ।

कार्की नेपाल प्रेस युनियनका पूर्वसचिव समेत हुन् । कार्की दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा छन् । कार्कीसँग राजधानी, देशान्तर, एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन, नेपाल समय डटकमलगायतका मिडियामा काम गरेको अनुभव छ ।

राष्ट्रपति पौडेलले यसअघि प्रमुख स्वकीय सचिवमा चालिसे, निजी स्वकीय सचिवमा चिरञ्जीवि अधिकारीलाई नियुक्त गरेका थिए । पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !