१९ बैशाख २०८१, बुधबार

नेपाललाई भेटेर रामसहायले गरे उपराष्ट्रपतिमा सघाउन आग्रह


माधव नेपाल र रामसहाय प्रसाद यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई भेटेका छन् ।

आज सोमबार बिहान जसपाका नेता समेत रहेका पूर्वमन्त्री प्रदिप यादवलाई लिएर नेपाल निवास कोटेश्वर पुगेका यादवले उपराष्ट्रपतिमा आफूलाई सघाउन आग्रह गरेका हुन् । जवाफमा अध्यक्ष नेपालले पूर्णरूपले समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए ।

जसपाबाट उपराष्ट्रपतिमा प्रमिला यादवले पनि उम्मेदवारी दिएकी छन् । सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जसपा नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनबाट जनमत पार्टीबाट ममता झा र एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार परेको छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !