१९ बैशाख २०८१, बुधबार

आयोगले भण्डारीसमक्ष बुझायो राष्ट्रपतिको निर्वाचनको प्रतिवेदन


विद्यादेवी भण्डारी र दिनेशकुमार थपलिया

काठमाडौँ । निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन आज शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।

राष्ट्रपति भवन शितल निवास पुगेर निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गर्दै नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएको जानकारी गराएका हुन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले यस निर्वाचनको परिणामसहितको प्रतिवेदन आज शुक्रबार राष्ट्रपति भण्डारीसमक्ष पेस गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !