२० बैशाख २०८१, बिहिबार

नवनिर्वाचित राष्ट्रपति पौडेललाई एमाले अध्यक्ष ओलीले पनि दिए बधाई


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।

आफनो पार्टी एमालेका उपाध्यक्ष सुवास नेम्वाङसँग प्रतिस्पर्धा गरेर हिजो बिहीबार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले आज शुक्रबार बिहान मात्र बधाई दिएका हुन् ।

ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको तेस्रो राष्ट्रपतिको गरिमाय पदमा निर्वाचित हुनुभएकोमा नेपाली कांग्रेसका नेता एवं मेरा मित्र माननीय श्री रामचन्द्र पौडेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !