२२ बैशाख २०८१, शनिबार

राप्रपाको निर्णय : राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने


राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने भएको छ । आज बुधबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको हो ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भालि फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने र तटस्थ बस्ने सर्वसम्मत निर्णय गरेकोले जानकारी दिए ।

राष्ट्रपति पदको निर्वाचनमा ९ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !