२२ बैशाख २०८१, शनिबार

ओलीको खुलासा : मदन भण्डारी हत्याको छानबिन माग गर्दा २१ जनालाई मारियो


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको मारिएको खुलासा गरेका छन् ।

सुखानीको बलिदानको स्मृतिमा आयोजित ५० औं सहिद दिवसका अवसरमा एमालेले आइतबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो खुलासा गरेका हुन् । उनले २०४६ को परिवर्तनपछि समेत मानिसहरू मार्ने क्रम नरोकिएको बताएका हुन् ।

अध्यक्ष ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्या भएपछि छानबिन होस् भनेर माग गर्दामात्रै २१ जनालाई गोली हानेर हत्या गरिएको उनले बताए । उनले झापामा डिल्ली गौतम, २०३७ साल फागुन १२ गते सिन्धुलीमा ऋषि देवकोटाको हत्या भएको भन्दै अरु गोप्य ढंगले अनेक हत्यापछि हत्या भएको बताए ।

उनले जनयुद्धका नाममा १७ हजार मानिस मारिएकोमा आपत्ति जनाए । उनले यस्तो शिलशिलाको अन्त्य हुनुपर्ने भन्दै कसैको स्वार्थका लागि अर्काको जिन्दगी जाने स्थिति हुन नहुने बताए ।

नेपाली कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी भावधाराका साथ पुनर्गठन गर्ने उद्देश्यसहित सुरु भएको झापा विद्रोहका अग्रज योद्धाहरु रामनाथ दहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने निहुँमा चन्द्रगढी कारागारबाट निकालेर सुखानीको जङ्गलमा लगी २००९ फागुन २१ गते हत्या गरिएको थियो ।

यो पनि पढ्नुहोस्

कम्युनिष्ट एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउन अध्यक्ष ओलीको आग्रह


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !