२४ बैशाख २०८१, सोमबार

६ तलामाथिबाट खसेका माधव नेपालका भाइ सरोजको निधन


सरोजकुमार उपाध्याय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको निधन भएको छ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत रहेका उपाध्यायको उपचारको क्रममा निधन भएको हो ।

उपाध्याय शनिबार साढे २ बजे शंखमुलस्थित बबिन्स रेष्टुरेन्टको छैटौँ तलाबाट खसेर गम्भीर घाइते भएपछि केही युवाले देखेर उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो । सिभिल अस्पतालमा उपचार हुन नसकेपछि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो ।

उनको उपचारका क्रममा साढे ५ बजे निधन भएको प्रहरीले बताएको छ । उपाध्याय नेकपा एसको इन्जिनियर विभागका प्रमुख पनि थिए । उक्त घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !