७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ को प्रदेशसभा बैठक २ घण्टा स्थगित, नाममाथिको छलफल सकियो


प्रदेश १ प्रदेशसभा

विराटनगर । प्रदेश १ प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित गरिएको छ । प्रदेश १ को प्रदेशसभा बैठकमा नाम कोसीमाथिको छलफल सकिएपछि बैठक २ घण्टाका लागि स्थगित गरिएको हो ।

आज बुधबार दिउँसोबाट सुरु भएको प्रदेशसभा बैठकमा नामकरण माथिको छलफल सकिएपछि सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित गरेका हुन् । प्रदेशको नाम कोसी राख्ने प्रस्तावमाथिको दलगत धारणा राख्ने क्रम सकिएको हो ।

प्रदेशसभामा नेकपा एमालेले कोसी प्रदेश राख्नुपर्ने प्रस्ताव गरेकोमा सो नामका विषयमा सांसदलहरुले छलफलमा भाग लिएका छन् । २ घण्टापछि सुरु हुने बैठकमा मत विभाजन हुने भएकोले प्रदेशसभा सचिवालयले मतविभाजनका लागि आवश्यक तयारी गरेको छ ।

प्रदेशको नामकरण टुंगो लगाउनको लागि बसेको प्रदेशसभा बैठकमा टेबल गरिएको प्रस्तावित प्रदेशको नाम किरात-लिम्बुवान-सगरमाथा अस्वीकृत भएको छ । प्रदेशसभाको बहुमतले कोसी प्रदेशलाई छलफलका लागि स्विकार गरेपछि सभामुख गौतमले किराँत-लिम्बुवान-सगरमाथाको प्रस्ताव स्वत: अस्वीकृत भएको प्रदेशसभालाई जानकारी गराएका थिए ।

प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा ९३ जनाको संसद छन् । नामाकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ ।

यो पनि पढ्नुहोस्

प्रदेश १ नामकरण : किरात-लिम्बुवान-सगरमाथा अस्वीकृत, कोसीमाथि छलफल प्रारम्भ

प्रदेश १ को प्रदेशसभा बैठकमा प्रस्तावित नाम टेबल

नामाकरण टुंग्याउन प्रदेश १ प्रदेशसभाको बैठक सुरु

प्रदेश १ को नामकरण : विरोध प्रदर्शनलाई रोक्न निषेधाज्ञा जारी

प्रदेश १ को नाम कोसी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !