७ बैशाख २०८१, शुक्रबार

प्रदेश १ को प्रदेशसभा बैठकमा प्रस्तावित नाम टेबल


प्रदेश १ प्रदेशसभा

विराटनगर । प्रदेशको नामकरण टुंगो लगाउनको लागि जारी प्रदेश १ को प्रदेशसभा बैठकमा प्रस्तावित प्रदेशको नाम टेबल गरिएको छ । प्रदेशसभा सचिवालयमा आज दर्ता गरिएका प्रस्ताव प्रदेशसभाको बैठकमा टेबल गरिएको हो ।

सभामुख बाबुराम गौतमले नेकपा (एमाले) का प्रदेशसभा सदस्य रामबहादुर मगरलाई आफ्नो प्रस्तावको विषयमा बोल्न समय दिएसँगै उनले कोसी नाम प्रस्ताव गरेका हुन् । एमालेको प्रस्तावमा समर्थक बसेका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भूमिप्रसाद राजवंशीले भने समर्थन फिर्ता लिए ।

प्रदेश १ को नामकरणका लागि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश–१ को नाम किराँत–लिम्बुवान–सगरमाथा राख्न प्रस्ताव दर्ता गराएका नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राईले सदनसमक्ष जानकारी गराएका छन् ।

प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ । प्रदेश १ मा ९३ जनाको संसद छ । नामाकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ ।

यो पनि पढ्नुहोस्

नामाकरण टुंग्याउन प्रदेश १ प्रदेशसभाको बैठक सुरु

प्रदेश १ को नामकरण : विरोध प्रदर्शनलाई रोक्न निषेधाज्ञा जारी

प्रदेश १ को नाम कोसी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !