२१ बैशाख २०८१, शुक्रबार

वामदेव गौतमलाई भेट्न एमाले अध्यक्ष ओली पुगे भैंसेपाटी


केपी शर्मा ओली र बामदेव गौतम भैसेपाटी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम भेट्न भैंसेपाटी पुगेका छन् । ओली भैंसेपाटीस्थित निवासमा गौतमलाई भेट्न गएका हुन् ।

एमालेबाट राष्ट्रपतिका उम्मेदवार बनेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई भोट माग्न राष्ट्रियसभा सदस्य गौतम भेट्न ओली भैंसेपाटी पुगेका हुन् । नेकपा विभाजनपछि गौतमले एकता राष्ट्रिय अभियान नामक पार्टी गठन गरेका छन् ।

ओलीले नेम्वाङलाई मत माग्दै कांग्रेसबाहेकका संसद प्रतिनिधित्व गर्ने दललाई पत्र पठाएका थिए । ओली र गौतमबीच लामो समयदेखि भेटघाट हुन सकेको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !