४ जेष्ठ २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक आज अपरान्ह १ बजे बस्ने भएको हो ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यक्रमअनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने पहिलो कार्यसूची रहेको छ ।

आजको बैठकमा नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम सभामुखले जानकारी गराउने सम्भावित दोस्रो कार्यसूची रहेको छ ।

राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियास्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत् गर्ने सम्भावित तेस्रो कार्यसूची रहेको छ ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित चौथो कार्यसूची रहेको छ ।

साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित पाँचौं कार्यसूची रहेको संघीय संसदको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !