८ जेष्ठ २०८१, मंगलबार

राष्ट्रपति निर्वाचनअन्तर्गत आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने


रामचन्द्र पौडेल र सुवास नेम्वाङ

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् । उम्मेदवारी फिर्ता लिन चाहने उमेदवारले उम्मेदवारी फिर्ता लिनसक्ने निर्वाचन आयोगले जनाएको छ ।

आजै आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । यसअघि शनिबार उम्मेदवारी दर्ता गरिएको थियो । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

पौडेल नयाँ आठ दलीय गठबन्धनको समर्थनमा साझा उम्मेदवार हुन् । उम्मेदवारी दर्तामा आठ दलका शीर्ष नेता पौडेलका प्रस्तावक र समर्थक रहेका थिए । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ। मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !