१४ बैशाख २०८१, शुक्रबार

रविलाई भेटेर रामचन्द्रद्वारा राष्ट्रपतिमा सहयोगको आग्रह


रामचन्द्र पौडेल र रवि लामिछाने

काठमाडौं । भावी राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । आफ्नो पार्टी कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले लामिछानेको हात्तिगौंडास्थित निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

८ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग भेटवार्ता गरी आफूलाई राष्ट्रपति सहयोग गर्न आग्रह गरेका हुन् । पौडेलको आग्रहमा लामिछाने आफूले पार्टीमा छलफल गर्ने निर्णय गर्ने जवाफ दिएको लामिछानेको सचिवालयले जनाएको छ ।

काँग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !