१९ बैशाख २०८१, बुधबार

आयोगद्वारा राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक


निर्वाचन आयोग फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले आज बुधबार ८८१ जना मतदाताको नामावली सार्वनजिक गरेको हो ।

राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभाका ३३१ जना तथा प्रदेश सभाका ५५० जना सांसदले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्नेछन् । राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईटा मतदान केन्द्र हुनेछन् । १३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ ।

भोलि फागुन ११ गतेसम्म नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिनेछ भने आगामी फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन तालिका रहेको छ । राष्ट्रपतिको निर्वाचनका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !