१३ बैशाख २०८१, बिहिबार

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा


अरुण चौधरी रिहा

कैलाली । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा भएका हुन् ।

चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् । राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएको सूचीमा उनी पनि परेका हुन् ।

ट्याक्टरमा आगो लगाएको आरोपमा उनीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएकोको सोको कार्यान्वयनका लागि उनलाई बाँकेको कोहलपुरबाट माघ १९ गते बिहिबार प्रहरीले पक्राउ गरेको थियो ।

कैलालीको गोराङ्गा खोलाबाट ढुंगा लिएर लम्की जाँदै गरेको लु २ त २११ नम्बरको ट्याक्टरमा २०६६ साल भदौ ३ गते आगजनी भएको थियो । अदालतको आदेश अनुसारको सजाय नै नभोगी उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको खुलेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !