२२ बैशाख २०८१, शनिबार

प्रदेश संग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको छ : मुख्यमन्त्री अधिकारी


खगराज अधिकारी फाइल फोटो

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले पोखरास्थित प्रदेश संग्रहालय अध्ययन र अनुसन्धानको केन्द्र रहेको बताएका छन् ।

सङ्ग्रहालयको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै उनले प्रदेश सङ्ग्रहालयलाई ऐतिहासिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने धारणा राखे ।

“यो हाम्रो विश्वविद्यालय जस्तै हो, यहाँ रहेका सांस्कृतिक चिनारी, ऐतिहासिक अभिलेख, जातजातिका वेशभूषा र सामग्रीको उचित संरक्षण हुनुपर्छ”, मुख्यमन्त्री अधिकारीले भने । अवलोकनकर्तालाई प्रदेश सङ्ग्रहालयमा आकर्षित गर्न उचित प्रचारप्रसारमा ध्यान दिनुपर्ने उनले बताए ।

मुख्यमन्त्री अधिकारीले सङ्ग्रहालयका लागि अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड र गुणस्तर कायम गर्न प्रदेश सरकारले लगानी गर्न तयार रहेको उल्लेख गरे । रु एक करोड ८९ लाख ८६ हजारको लागतमा प्रशासनिक भवन निर्माण गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !