५ जेष्ठ २०८१, शनिबार

जनताका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम ल्याउँछ : सञ्चारमन्त्री शर्मा


रेखा शर्मा

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताएका छन् । उनले आगामी वर्षको बजेटमा जनतालाई परिवर्तनको अनुभूति हुनेगरी विशेष प्राथमिकताका कार्यक्रम समावेश गर्नेगरी काम भइरहेको जानकारी दिए ।

दाङको भालुवाङ्गमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारका प्रवक्ता शर्माले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनेतर्फ सरकारले ध्यान दिएकोसमेत बताए । वर्तमान सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गर्ने विषयमा पनि छलफल अघि बढेको मन्त्री शर्माले जानकारी दिए ।

मन्त्री शर्माले सूचना प्रविधिसँग जोडिएका नयाँ ऐन निर्माण र कार्यान्वयनमा सरकारले ध्यान दिइएको बताए । उनले पुराना ऐन कानुनबाट चल्नुपर्ने बाध्यता रहेकाले त्यस्ता ऐन तथा कानुन विस्थापन र नयाँ ऐन कानुन निर्माण गरेर अघि बढ्ने जिम्मेवारी रहेको बताए ।

बदलिँदो समाज र सूचना प्रविधिले केही चुनौती थपेको बताउँदै उहाँले अनलाइन मिडियाको नियमन र व्यवस्थापनमा सरकारले ध्यान दिएको बताए । उनले प्रेस काउन्सिल जस्तै मिडिया काउन्सिलको आवश्यकता परेकोसमेत बताए । कार्यक्रम महासङ्घ प्रदेश अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !