१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारी भोजपुरको उत्तरी क्षेत्र कुलुङमा


विद्यादेवी भण्डारी

भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आएकी छन् । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ भोजपुर आएकी हुन् ।

साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्ने छिन् । साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चनाको गर्ने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकन समेत गर्नेछिन् । वि.सं १९२४ सालमा भोजपुरमा जन्मिएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता थिइन् ।

राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका–१ मझुवाबेंसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण, गर्नुका साथै वडा नं ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रसमेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिए ।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु