१९ बैशाख २०८१, बुधबार

एमालेका कुमार दसौदी राष्ट्रियसभा सदस्यमा निर्वाचित


कुमार दसौदी

देउखुरी । सत्ता साझेदार दल नेकपा (एमाले) का उम्मेदवार कुमार दसौदी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रियसभा उपनिर्वाचनका उनी विजयी भएका हुन् ।

एमालेका दसौदीले ४०२६ मत ल्याएर निर्वाचित भएका हुन् भने नेपाली काँग्रेसका माधवप्रसाद आचार्यले ३७२० मत र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ प्राप्त गरेका छन् । दसौदीले कांग्रेसका आचार्य र नाउपार्टीका रायलाई पराजित गर्दै विजयी भएका हुन् ।

सत्ता गठबन्धनबाट नेकपा (एमाले) का दसौँदी, कांग्रेसका आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले उम्मेदवारी दिएका थिए । सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरू आज भएको चुनावी प्रतिस्पर्धामा रहेका थिए ।

सत्तापक्ष गठबन्धनमै रहेपनि नागरिक उन्मुक्ति पार्टीले छुट्टै उम्मेदवारी दिएको थियो । एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा आज उपनिर्वाचन भएको थियो । राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !