१८ बैशाख २०८१, मंगलबार

संघीयता खारेजीको माग गर्दै भोलिबाट जनमोर्चाद्वरा आन्दोलन


chitra-bdr-kc

सरकारकै एक घटक राष्ट्रिय जनमोर्चाले संघीयताले मुलुकको राष्ट्रियता विखण्डनको दिशातर्फ लगेको भन्दै संघीयता खारेजीको माग गर्दै भोलिबाट आन्दोलनमा उत्रने भएको छ।

पार्टील बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेरे गणतन्त्रलाई संस्थागत गर्न र संविधानका सकारात्मक प्रावधानहरुलाई लागु गर्न संघीयता नै बाधक भएकाले यसको खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

कार्यक्रममा महासचिव जनकराज शर्माले संघीय प्रणाली नेपालको वस्तुस्थितिसँग मेल खान नसक्ने उल्लेख गर्दै भने, ‘संघीयताले नेपालको जातीय, क्षेत्रिय सद्भाव र एकता खलबल्याउँछ, संघीयताले हिमाल र पहाडबाट तराई अलग गराएर भारतीय संघमा विलय गराउने भारतीय स्वार्थलाई टेवा पुर्‍याएको छ, त्यसैले हामी यसको तत्काल खारेजीको माग गर्छौं।’

शर्माले संघीयताकै कारण मुलुकमा यतिवेला जातीय राज्य र एक मधेश एक प्रदेश, बहुराष्ट्रवाद लगायत विखण्डनकारी नाराले अशान्ति र अराजकताको अवस्था सिर्जना गरेको भन्दै त्यसको खारेजीको लागि आफ्नो पार्टी सडक, सरकार र सदन तीन ठाउँबाटै आन्दोलन गर्ने बताए।

पार्टीले देश गम्भीर संकटमा घडिमा गएको भन्दै यसलाई बचाउनका लागि देशव्यापी अभियान चलाउन लागेको जानकारी दिएको हो।

शर्माले राष्ट्रियताको रक्षा, राष्ट्रघाती अपर कर्णाली सम्झौता, नागरिकता ऐन, महङ्गी,  भष्ट्रचार विरुद्ध यही असार २ गतेदेखि १९ गतेसम्म गाँउ र जिल्लास्तरिय कोणसभा गर्ने जानकारी दिए। त्यस्तै पार्टीले असार २० गतेदेखि असार मसान्तसम्म जिल्लास्तरीय सभा एवम कोण सभा गर्ने भएको छ।

त्यसैगरि आगामी साउन २ गतेदेखि श्रावण मसान्तसम्म देशका प्रमुख स्थान र सदरमुकाममा राष्ट्रियताको रक्षा र संघीयताको खारेजी विषयक अर्न्तक्रिया कार्यक्रम गर्ने भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !